शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा आज तीन दिने भारत भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ बजेर २५ मिनेटमा नयाँदिल्ली प्रस्थान गर्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएका प्रधानमन्त्री देउवाले वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणमा प्रधानमन्त्रीसहित उहाँकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी ५० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवाले भोलि भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडू, विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपाल–भारतबीच महत्वपूर्ण सन्धि सम्झौता भने हुने छैनन् । देउवाले भारत नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमण पुरा गरी देउवा आइतबार बेलुका सवा ६ बजे नेपाल फर्कने तालिका रहेको छ ।