शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो ।

ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिए । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्केका थिए।