शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

दिल्ली पुगे प्रधानमन्त्री देउवा

दिल्ली पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने भ्रमणका लागि देउवा आज भारततर्फ गएका हुन् । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै गएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

दिउँसो साढे १ बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत गएका देउवा ४ बजे नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

देउवासँग स्थानीय समयअनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आईटीसीमा शिष्टाचार भेट गर्नेछन् । त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।