शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ओलीले प्रश्न गरेः चुनावकै मुखमा प्रधानमन्त्री किन भारत जानुभो ?

ओलीले प्रश्न गरेः चुनावकै मुखमा प्रधानमन्त्री किन भारत जानुभो ?

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण गएकोमा उनले सन्देह प्रकट गरे ।

अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू भारत जानुभएको छ । ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला यति बेलै किन जानुभो भनेर ।’

ओलीले विदेश गएका बेला प्रधानमन्त्रीको आलोचना नगर्ने बताए । ‘अहिले आलोचना गर्दा देशबाहिर भएको बेला लखेट्यौ भन्लान्,’ ओलीले भने ।

आजको आफ्नो भाषणमा अध्यक्ष ओली अधिकांश समय नेपाली कांग्रेसविरुद्ध खनिएका थिए । कांग्रेसले सधैँ लोकतन्त्रविरोधि र राष्ट्रियता विरोधिसँग घाँटी जोड्ने गरेको उनले आरोप लगाए ।

‘बिग्रिएका, सडेका, लोकतन्त्रविरोधि, राष्ट्रियताविरोधि बिकाऊ र पत्रु मालसँग कांग्रेसले घाँटी जोड्ने गरेको छ,’ उनले भने, ‘६२र६३ को आन्दोलनपछि हामीले अँचेटेर एकाध पटक सही बाटोमा हिँडाउन खोज्यौँ, फेरि भागिहाल्छ ।’