शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रधानमन्त्री देउवाले आज मोदीसँग भेट गर्ने

प्रधानमन्त्री देउवाले आज मोदीसँग भेट गर्ने

काठमाडौं ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुनेछ ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् । चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर शुक्रबार भारत प्रस्थान गरेका प्रधानमन्त्री देउवा आइतबार बनारस भ्रमण सकेर सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।