शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

अध्यक्ष प्रचण्ड खुमलटारबाट बालुवाटारतिर

अध्यक्ष प्रचण्ड खुमलटारबाट बालुवाटारतिर

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताको निम्ति अपरान्ह सवा ४ बजे त्यहाँ पुगेका हुन् ।

भारतको तीन दिने भ्रमणबाट हिजो साँझ स्वदेश फर्केका प्रधानमन्त्री देउवालाई भेट्न उनी आज त्यहाँ गएको खुमलटार स्रोतले बताएको छ । उनीहरुबीच झण्डै ४५ मीनेट कुराकानी भएको छ । कुराकानीपछि प्रचण्ड ५ बजेको हाराहारीमा त्यहाँबाट बाहिरिएका थिए ।

आजको भेटवार्तामा मूलतः रिक्त राजदूत र सरकारी नियुक्तिको बारेमा कुराकानी भएको बताइन्छ । आगामी निर्वाचनको आचारसंहिता अगावै ती काम सक्न दाहालले पटक पटक ताकेता गरेका छन् ।