मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

नेपाल बारको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल बारको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं
नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन्। यसको आधिकारिक घोषणा हुन बाँकी छ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन्।

बारका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। बारको निर्वाचनमा ७४२९ मत खसेको थियो।

अब १४२९ मतगणना गर्न बाँकी छ। जबकी घिमिरे पाठकभन्दा १७५१ मतले अगाडि छन्। अब गणना गर्न सबै मत पाठकले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ। आज मतगणना सक्ने तयारी भइरहेको पाठकले बताइन्।

त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गरेकी छन्। अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाएका छन्।

यसैगरी, कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत पाएका छन्। अर्का उम्मेदवार जगतबहादुर कार्कीले २१८८ मत पाएका छन्।

मङ्गलबार बिहानदेखि मतगणना शुरु भएको थियो। बिहीबार राति मतगणना स्थगित भएको छ भने शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने भएको छ। १९ चैतमा अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो।