शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

डेढ लाख घुससहित मालपोत प्रमुख पक्राउ

डेढ लाख घुससहित मालपोत प्रमुख पक्राउ

काठमाडौैं । जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।

ताप्लेजुङको फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंयिारबीच भाग बन्डाका लागि उनले घुस मागेको भन्दै महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडीबाट उनलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।