शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

ललितपुरमा भाँडियो गठबन्धन, समाजवादी आउट

ललितपुरमा भाँडियो गठबन्धन, समाजवादी आउट

ललितपुर ।
आसन्न स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सत्तारुढ गठबन्धनबीच तालमेल भाँडिएको छ । गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ । गोदावरी बाहेक ५ ओटै पालिकाका प्रमुख उपप्रमुखमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले भागबण्डा लगाएपछि सत्ता गठबन्धनबाट समाजवादी बाहिरिएको हो । समाजवादी बाहिरिएसँगै गठबन्धन भाँडिएको हो । गोदावरी नगरपालिकामा भने प्रमुख उपप्रमुख नै काङ्ग्रेसले लिने भएको छ । गोदावरीमा माओवादी केन्द्रले समेत प्रमुखमा उम्मेदवारी मनोनयन दिने भएको स्रोतले जनाएको छ ।