शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

स्थानीय तह निर्वाचनमा १ लाख ३७ हजार उम्मेदवार

स्थानीय तह निर्वाचनमा १ लाख ३७ हजार उम्मेदवार

काठमाडौं
स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३२ हजार २१७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २३ हजार ५२१, दलित सदस्यमा २१ हजार २२१ र सदस्य पदमा सर्वाधिक ४९ हजार २३९ जनाको उम्मेदवारी परेको छ ।