शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन देउवाको निर्देशन

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन देउवाको निर्देशन

काठमाडौं
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र सत्ता गठबन्धनको बागीका रुपमा उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् । उनले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका लागिपर्न पनि अपिल गरेका छन् ।

बिहीबार एक अपील जारी गर्दै देउवाले भनेका छन्, ‘देशभरका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।’