शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

माओवादी र कांग्रेसका कार्यकर्ताबीच हानाहान

माओवादी र कांग्रेसका कार्यकर्ताबीच हानाहान

काठमाडौं
सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ । सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएको झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएको छ ।