बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सेयरबजारमा दोहोरो अंकको गिरावट

सेयरबजारमा दोहोरो अंकको गिरावट

काठमाडौं
सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा पुगेको छ। त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ४.९० अंकले घटेको छ।

२ सय ३३ कम्पनीको कारोबार भएको दिन बुधबार ३६ लाख कित्ता मात्रै किनबेच भएको छ। दिनभरिमा २७ हजार ५ सय ६६ पटकको खरिदबिक्रीमा १ अर्ब २६ करोड ९२ लाखको कारोबार भएको हो।

आज सबै उपसूचकहरु राताम्य छन्। जाल्पा लघुवित्तका सेयरधनीले १० प्रतिशत आम्दानी गरे पनि अन्य लगानीकर्तालाई आजको कारोबारले निराश बनाएको छ।

बुधबार ग्रिन भेन्चर्स लिमिटेडका सेयरधनीले १० प्रतिशत गुमाएका छन्। सर्वाधिक कारोबारमा अरुणभ्याली हाइड्रो अगाडि छ। कम्पनीको ४ करोड ५८ लाख ९६ हजार रुपैयाँको उच्च कारोबार भएको हो।