मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

आईजीपी बढुवाविरुद्धको मुद्दामा बहस सुरु

आईजीपी बढुवाविरुद्धको मुद्दामा बहस सुरु

काठमाडौं
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ सुरु भएको हो।

बुधबार सुनुवाइ नसकिएपछि मुद्दालाई आज बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियर एआईजी (धीरजप्रताप सिंह) लाई आईजीपी बनाएको भन्दै रिट दायर गरेका थिए। सरकारले हालै सिंहलाई आईजीपी नियुक्त गरेको थियो। उनले कार्यभार सम्हालिसकेका छन्।

बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, धिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले बहस गरेका थिए। पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेललगायतले बहस गरेका थिए।