शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भरतपुर पुगेर प्रचण्डले भने, ‘हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा पर्न सक्छ’

भरतपुर पुगेर प्रचण्डले भने, ‘हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा पर्न सक्छ’

भरतपुर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजान उत्साह मिल्ने बताए ।

सभामा बोल्ने केही कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको चासोमा जवाफ दिदैं प्रचण्डले कांग्रेसका नेता कार्यकर्ताहरूले हँसिया हतौडामा भोट हाल्न गाह्रो मान्न नहुने बताए ।

‘तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईँहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ’, प्रचण्डले भने ।