शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

निकुञ्जबाट हतियार बरामद

निकुञ्जबाट हतियार बरामद

काठमाडौं
नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित विभिन्न सामग्री बरामद गरेको छ। निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री सिद्धिबक्स गण र निकुञ्ज प्रशासन कार्यालयका कर्मचारीसहित खटिएको संयुक्त पेट्रोल टोलीले निकुञ्ज स्थिथ बांग्री खोलबाट भरुवा बन्दुकलगायतका सामान बरामद गरेको हो।

खोज तथा तलासका क्रममा हतियारसहित ४ जना व्यक्तिहरु देखी, उनीहरूलाई पक्राउ गर्न खोज्दा हतियार तथा अन्य सामग्री छाडी फरार भएको सेनाले जनाएको छ।

बरामद भएका सामानमा भरुवा बन्दुक– नाल १, गोली गोटा–३, ठुलो छर्रा गोटा– ५, सानो छर्रा गोटा–१००, खुकुरी गोटा–२, बारुद–२५० ग्राम ९२ डब्बा०, केप ९कार्टिज० गोटा– २, झोला गोटा–३ र जुत्ता– जोर १ रहेका छन्। साथै, उनीहरुबाट बरामद गरिएका हतियार तथा अन्य सामग्रीहरु निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको सेनाले जनाएको छ।