बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

पाँचौ दिनमा घट्यो सेयर बजार

पाँचौ दिनमा घट्यो सेयर बजार

काठमाडौं
अघिल्ला ४ दिनसम्म लगातार बढेको सेयर बजार बिहीबार भने घटेको छ । परिसूचक नेप्से बिहीबार १८।६४ अंक घटेर २३५० मा कायम भएको छ । कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । ३४ कम्पनीको मूल्य बढ्दा ९ को स्थिर रह्यो भने १५१ को घट्यो ।

उत्पादन र अन्यबाहेकका सबै उपसमूह घटेका छन् । उत्पादन ८० र अन्य उपसमूह ७ अंकले बढे । बैंकिङ १, विकास बैंक ८९, फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह २९ अंकले घटे । जाल्पा लघुवित्तको मूल्य १० र तेह्रथुम पावरको ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, राधि विद्युत्, अरुणभ्याली हाइड्रो, प्राइम लाइफ इन्स्योरेन्स र ङादी ग्रुप क्रमशः अगाडि रहे ।