शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

बडिखेलमा पैसा बाँड्दै गर्दा कांग्रेस कार्यकर्ता रंगेहात पक्राउ

बडिखेलमा पैसा बाँड्दै गर्दा कांग्रेस कार्यकर्ता रंगेहात पक्राउ

ललितपुर
गोदावरी नगरपालिका–४ स्थित बडीखेलमा कांग्रेस कार्यकर्ता पैसा बाँडी मतदातालाई प्रभावित गर्दै गर्दा रंगेहात पक्राउ परेका छन् । कांग्रेसका कार्यकर्ता क्रमशः रमेश, सुरेश, विजय पहरी रकम सहित रंगेहात पक्राउ गरेको बाँडेगाउँ प्रहरी प्रभागले जनाएको छ । प्रभागका अनुसार उनीहरु आज विहिबार मध्यराती ११ः४५ मा बडिखेलको खसीमार भन्ने स्थानमा रहेको पहरी बस्तीबाट पक्राउ गरी प्रभागमा राखीको छ । प्रहरीले बरामद गरेको रकम भने खुलाईएको छैन ।