शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भरतपुरमा रेनु दाहाल १३४४ मतले अगाडी

भरतपुरमा रेनु दाहाल १३४४ मतले अगाडी

काठमाडौं
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। २६ हजार २६ मत गन्दा दाहालले ९ हजार ३६३ मत पाएकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार १९१ पाएका छन्। उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार १३६ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छन्। भरतपुरमा सत्तागठबन्धनले चुनावी तालमेल गरेको छ भने एमाले र राप्रपाको तालमेल छ।