शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

रेमश चौधरीको पार्टी कैलालीको जोशीपुरमा विजयी

रेमश चौधरीको पार्टी कैलालीको जोशीपुरमा विजयी

काठमाडौं
कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। अध्यक्षमा चित्रबहादुर चौधरीले चार हजार ९०३ मत प्राप्त गरी विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गरेका हुन्।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया चार हजार ५८१ मत प्राप्त गरी विजयी भएकी छिन्। नागरिक उन्मुक्ति पार्टी तीन महीनाअघि स्थापना भएको हो। यसका नेता रेशम चौधरी जेल जीवन बिताइरहेका छन्। उनी कैलाली–१ बाट प्रतिनिधि सभामा सदस्यमा निर्वाचित हुन्। उनी निलम्बित सांसद हुन्।