शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको अग्रता कायमै

हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको अग्रता कायमै

काठमाडौं
हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।

हालसम्म ५८ हजार ६५८ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १८ हजार २७१ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १७ हजार २६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ३११ मतसहित तेस्रो स्थानमा रहेका छन् ।