शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

बालेनको मत झण्डै ३३ हजार पुग्यो

बालेनको मत झण्डै ३३ हजार पुग्यो

काठमाडौं
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले झण्डै ३३ हजार मत ल्याएका छन्र । पछिल्लो मतपरिणामअनुसार बालेनले ३२ हजार ९९१ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १८ हजार ४३ मत ल्याएका छन् । केशवसँग बालेनको १४ हजार ९४८ मतान्तर छ । यस्तै सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ६०० मत पाएकी छन् ।