४३ हजार ८ सय मतसहित बालेनको अग्रता कायमै
काठमाडौं
काठमाडौं महानगरपलिकाको मत परिणाममा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै छ। पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले ४३ हजार ८ सय ५० मत पाएका छन्।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत छ। यस्तै एमाले उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले २५ हजार ५९ मत पाएका छन्। काठमाडौं महानगरमा अहिलेसम्म १ लाख २८ हजार ४ सय ८५ मत गनिएको छ।
प्रतिक्रिया