शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राप्रपा नेपालले निर्वाचन आयोगसँग पूरानै चुनाव चिह्न ‘गाई’ माग गर्ने

राप्रपा नेपालले निर्वाचन आयोगसँग पूरानै चुनाव चिह्न ‘गाई’ माग गर्ने

काठमाडौं
राप्रपा नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग राप्रपा नेपालको पुरानै ‘गाई’ चुनाव चिह्न माग गर्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले हिन्दू राष्ट्र पुनःस्थापनार्थ जनजागरण ल्याउन आगामी असारमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ।

यस्तै, राप्रपा नेपालले पार्टीको ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैयाँ नगदसहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने भएको छ।

बैठकले पेट्रोलियम पदार्थको करमा छुट दिएर भए पनि अनियन्त्रित मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकारसँग माग गरेको छ।