शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ

चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ

काठमाडौं
काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका लागि म्याद थपका लागि अधिकारीलाई अदालतसामु उपस्थित गराउने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पटक(पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।