शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

नीति तथा कार्यक्रमः आगामी वर्ष थप ८०० किलोमिटर सडक बनाउने, हुम्ला सडक सञ्जालमा जोड्ने

नीति तथा कार्यक्रमः आगामी वर्ष थप ८०० किलोमिटर सडक बनाउने, हुम्ला सडक सञ्जालमा जोड्ने

काठमाडौं ।
सरकारले आगामी वर्ष थप ८०० किलोमिटर सडक निमार्ण र २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालिगण्डकी, कोशी र कर्णाली कोरिडोरको निर्माण एंव स्तरोन्नति कार्यलाई जारी राख्ने पनि बताइन् ।

कर्णाली कोरिडोरमा बाँकी ट्रयाक खोल्ने कार्य सम्पन्न गरी आगामी वर्ष हुल्लालाई सडक सञ्जालमा जोडिने पनि बताइन् । गल्छी, रसुवागढी सडकलाई २ लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्ने पनि बताइन् ।