शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राष्ट्रपति भण्डारीकी मितिनी फेरि भइन् पोखराको उपमेयर

राष्ट्रपति भण्डारीकी मितिनी फेरि भइन् पोखराको उपमेयर

पोखरा
राष्ट्रपति भण्डारीकी मितिनी मञ्जुदेवी गुरुङ पोखराको उपमेयरमा फेरि निर्वाचित भएकी छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमाले उम्मेदवार गुरुङ उपमेयर निर्वाचित भएकी हुन्। मञ्जुदेवी यसअघि पनि उपमेयर थिइन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेर मञ्जुदेवी उपमेयर निर्वाचित भएकी थिइन्।

यसपालि मञ्जुले निर्वाचन नलड्ने बताएकी थिइन्। तर पार्टीले उनलाई फेरि टिकट दियो। एमालेबाटै मेयरका उम्मेदवार कृष्ण थापा पराजित हुँदा उनका भन्दा १२ हजार ११ सय १० बढी मत ल्याएर मञ्जु फेरि उपमेयर निर्वाचित हुन सफल भएकी छन्। मञ्जुले ५६ हजार ४ सय ४८ मत ल्याएकी थिइन् भने सरस्वतीले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी थिइन्।