शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

काठमाडौंको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौंको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

काठमाडौं
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् ।

साह ६१ हजार सात सय ६६ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गरिन् । नेकपा एमालेका केशव स्थापितले ३८ हजार एक सय १५ मत प्राप्त गरे ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भईन् ।डंगोलले ६८ हजार ६ सय १२ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार आठ सय ६ मत प्राप्त गरे ।

पालिका चुनाव अन्तर्गत काठमाण्डौ महानगरपालिकामा एक लाख ९० हजार नौ सय ६२ मत खसेकोमा सात हजार ६ सय मत बदर भयो ।