बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

बिहान १० बजेबाट हराइरहेको तारा एयरको जहाज अझै फेला परेन

बिहान १० बजेबाट हराइरहेको तारा एयरको जहाज अझै फेला परेन

काठमाडौं
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको पाँच घन्टा बढी बित्दा पनि अझै फेला पार्न सकेको छैन ।

नेपाली सेना र फिस्टेल एयरको हेलिकप्टरबाट धौलागिरि रेन्जमा खोजी कार्य जारी राखिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जहाज सम्पर्कविहीन भएका सम्भावित क्षेत्रमा हिँडेरै पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले सम्पर्कविहीन जहाजको खोजी जमिन र आकाशबाट गरिएको बताए। धौलागिरि रेन्जतर्फ केन्द्रित गरी खोजी कार्य जारी राखिएको उनले जानकारी दिए। तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ। जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए। चालक दलका सदस्य र यात्रुको विवरण प्राप्त भएको छ।