शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

लेलेको खोँचमा एक युवक मृत अबस्थामा फेला, टिप्परले हानेको आशंका

लेलेको खोँचमा एक युवक मृत अबस्थामा फेला, टिप्परले हानेको आशंका

काठमाडौं
ललितपुरको गोदावरी नगरपालिका–६ स्थित फैडोलको खोँचमा एक युवक मृत अबस्थामा फेला परेका छन् । लेले सडकका लागि पर्खाल बनाउन खनिएको खोँचमा सोमबार बिहान मोटरसाइकल सहित ती युवक मृत फेला परेका हुन् । ती युवक गोदावरीकै चापागाउँ निवासी विज्ञान देशार रहेको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

घटना आइतबार बेलुकी १० बजेतिरको हुन सक्ने प्रहरीको आँकलन रहेको छ । प्रदेश ३–०२–००७ प ६३८५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलको पछाडीको भाग पुरै कुच्चिएको छ । त्यस सडकमा टिप्पर गाडी धेरै गुड्ने र मोटरसाइकलको पछाडिको भाग कुच्चिएका कारण टिप्परले पछाडिबाट हानेको हुन सक्ने मृतकका परिवारले आशंका गरेका छन् । तर वृत्त चापागाउँले भने टिप्परले हानेको कुनै संकेत नदेखिएको र अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।