शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

पालिका कार्यपालिका सदस्यको निर्वाचनमा सहमति गर्ने गठबन्धनको निर्णय

पालिका कार्यपालिका सदस्यको निर्वाचनमा सहमति गर्ने गठबन्धनको निर्णय

काठमाडौं
सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनबीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताए । उनले गठबन्धन देशको आवश्यक्ता भएकोले आवश्यक्ता पूरा नहोउन्जेलसम्म कायमै रहने बताए । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक निर्वाचन हुनेपनि स्पष्ट पारे ।