बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं
नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।