शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

गठबन्धनभित्र संघर्षको स्वरुप बदल्नुपर्ने देखिएको छः प्रचण्ड

गठबन्धनभित्र संघर्षको स्वरुप बदल्नुपर्ने देखिएको छः प्रचण्ड

काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनभित्र संघर्षको स्वरुप बदल्नुपर्ने देखिएको बताएका छन्। स्थानीय तहको निर्वाचनमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘गठबन्धन भनेको जसरी भएन। महानगर र उपमहानगरमा निकै बल गरेर गरियो। मुलभूत रूपमा सफल भयो तर, शतप्रतिशत सफल भएन। तल जाँदा त गठबन्धन नभएको जस्तो नै देखियो,’ उनले भने, ‘गठबन्धनमा भएका पनि सब्बै र नभएका पनि सब्बै मिलेर माओवादीलाई हराउने कोशिस गरियो।’

उनले गठबन्धन फेरि पुरै असफल नभएको भन्दै गठबन्धनलाई कायमै गरेर जाने पक्षमा आफूहरू रहे पनि संघर्षको स्वरुप भने बदल्नुपर्ने देखिएको बताए।

‘गठबन्धन भएको छ, जितिहालिएला भन्ने सोचेका ठाउँमा हारिएको छ। स्थानीय तहको निर्वाचनमा प्राप्त तिता र नकारात्मक शिक्षालाई हेरेर संघीय र प्रदेशको चुनावमा पनि गठबन्धन हुन्छ,’उनले भने।