शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बालेन

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बालेन

काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले साहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए । त्यसक्रममा मेयर साहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए ।

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र काँग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने । साहले काँग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।