शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

खुमलटार पुगेर बालेनले भेटे प्रचण्ड

खुमलटार पुगेर बालेनले भेटे प्रचण्ड

काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्डलाई भेट्न बालेन शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए।

भेटमा बालेनले काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी गरेको बताइएको छ। मेयरमा निर्वाचित भएलगत्तै मेयर बालेनले फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन्।

भेटमा प्रचण्डले बालेनलाई राम्रो काम साथ दिने आश्वासन दिएको बताइएको छ। साथै प्रचण्डले बालेनको जित एउटा क्रान्ति नै भएको भन्दै पहिलो पटक सबैलाई मिलाएर काम गरिरेको भन्दै उनको प्रसंशा पनि बताइएको छ।

फोहोरा व्यवस्थापक नै विषयमा बालेनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग पनि भेट गरिसकेका छन्।