शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

खैरो हेरोइनसहित २ जना पक्राउ

खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौं
दाङमा खैरो हेरोइनसहित २ जना पक्राउ गरेको छन् । उनीहरूलाई प्रहरीले गए राति घोराहीमा रहेको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा कारोबार गर्दै गर्दा पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा रुकुमको पुथा–उत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर रहेका छन् रहेको जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले ६ वटा प्लास्टिकको टुक्रामा राखेको २ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।