शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सर्वनाम शिक्षालयका वार्डेन पक्राउ, यौन दुर्व्यवहारको आरोप

सर्वनाम शिक्षालयका वार्डेन पक्राउ, यौन दुर्व्यवहारको आरोप

काठमाडौं
छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।

शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । अहिले उनलाई काठमाण्डौ ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

१२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

१५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिए। पक्राउ परेका बस्नेतमाथि जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।