शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ

अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ

काठमाडौं
नेकपा एमालेका सचिव योगेश भट्टराईले अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् यस्तो कुरा बताएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

एमालेको अनुशासन विभागले नेता घनश्याम भुसालमाथि कारबाहीको सिफारिस गरेको समाचार आएसँगै भट्टराईले यस्तो बताएका हुन्। अनुशासन विभागले पार्टी अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाहीको सिफारिस गरेको हो।