शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

अछाम घटनाः शनिवार मृत भेटिएका किशोरको शव अझै उठेन

अछाम घटनाः शनिवार मृत भेटिएका किशोरको शव अझै उठेन

काठमाडौं
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको शव तीन दिनदेखि उठेको छैन । उनको शव अझै पनि कालिकास्थानको भीरमा छ। शनिबार मृत भेटिएका शाहीको पोष्टमार्टमका लागि शव उठाउन पीडित परिवारले सहमति नदिँदा तीन दिनदेखि घटनास्थलमै अलपत्र परेको हो।

घटनाको सत्य, तथ्य छानविन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने परिवारले अडान लिएको छ। शाहीको हत्या आरोपमा किटानी जाहेरी दिँदा प्रहरीले दर्ता नगरेकोले शव उठाउन नदिएको मृतकका दाजु नाता पर्ने निराजन शाहीले बताए।

उनले भने,‘१४र१५ जनाविरुद्ध हिजो जाहेरी दिन खोजेका थियौँ, तर प्रहरीले दर्ता गरेन। त्यसैले घटनाको सत्य, तथ्य छानविन गरेर दोषीलाई कारबाही नहुँदासम्म शव उठाउन दिदैनौँ।’

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का शाही शनिबार बिहान तल्लको कुच्ची भन्ने ठाउँमा मृत भेटिएका थिए। मृतक शाही नेकपा एमाले समर्थक परिवारको सदस्य रहेकाले शनिबार दिनभर सो क्षेत्र तनावग्रस्त बनेको थियो।

कांग्रेस कार्यकर्तालाई हत्या आरोप लगाउँदै आन्दोलनमा उत्रिएका एमाले कार्यकर्ताको अवरोधका कारण शनिबार बेलुका मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो।

शाही मृत्यु घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोली परिचालन भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सीआईबीका डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोलीले आइतबार घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो।