शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत

ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत

काठमाडौं
ललितपुरमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माहालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मा छन् ।

घटना आइतबारको भएको प्रहरीले बताएको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।