शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

फर्पिङको जंगलमा युवा–युवतीको शव फेला

फर्पिङको जंगलमा युवा–युवतीको शव फेला

काठमाडौं
काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०–२२ वर्षका युवा–युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ। एसएसपी कुँवरका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि खटिएको छ।