शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीमाथि बलात्कार

ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीमाथि बलात्कार

ललितपुर
१५ वर्षीया किशोरीको करणी गरेको अभियोगमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने मिलन परियार रहेका छन् ।
प्रहरीका अनुसार परियारले उक्त किशोरीलाई प्रलोभनमा पारी गत जेठ १४ गते करणी गरेका हुन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।