शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

वामदेवले खोले पार्टीः अध्यक्षसहित ७ उपाध्यक्ष, आठ सदस्यीय सचिवालय

वामदेवले खोले पार्टीः अध्यक्षसहित ७ उपाध्यक्ष, आठ सदस्यीय सचिवालय

 

काठमाडौं
वामदेव गौतमको नेतृत्वमा नव गठित नेकपा एकता राष्ट्रिय अभियानमा अध्यक्षसहितका पदाधिकारीहरु रहने भएका छन्। घोषणा कार्यक्रमपछि जारी विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो। पार्टी बहुपदीय प्रणालीमा जाने बताइएको छ।

दैनिक पार्टी संचालनका लागि १५ सदस्यीय स्थायी कमिटी निर्माण हुने छ। एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने छ।

एकीकरणको भूमिका निर्वाह गर्दासम्म हाम्रो पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने छन्। हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने छ।

अन्य पार्टीहरुसँग एकता संवादका लागि पार्टी संयोजक वामदेव गौतमको संयोजकत्वमा सचिवालयका सदस्यहरु सम्मिलित वार्ता टोली छिट्टै निर्माण गरिने छ।

सचिवालय पार्टीको आन्तरिक कार्यक्रम अन्तरगत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन सामुदायीक संगठन र पेशागत संगठन निर्माण गर्नेछ।

केन्द्रीय सचिवालयमा आठ जना रहने छन्। सचिवालयमा वामदेव गौतम, डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवति बिष्ट र युवराज सफल रहने भएका छन्।