बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

कालिमाटीमा चक्कु प्रहारः २ जना पक्राउ

कालिमाटीमा चक्कु प्रहारः २ जना पक्राउ

काठमाडौं
काठमाडौंको कालिमाटीमा एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरी वृत्त कालिमाटीले अशोक यादव र सन्तोष यादवलाई पक्राउ गरेको हो। कालिमाटी माछाबजारमा धनुषा फ्रेसहाउस सञ्चालन गर्दै आएका उनीहरुले बाफल बस्ने अमृत खानलाई चक्कु प्रहार गरेका प्रहरीले जानकारी दिएको छ।

असार ५ गते चक्कु प्रहार गरी फरार भएका उनीहरुलाई सामेबार पक्राउ गरिएको कालिमाटीका डीएसपी अनिल घिमिरेले बताए। पक्राउ परेका दुबै जनालाई ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी घिमिरले जानारी दिए।