शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

आज संसद् दिवस मनाइँदै

आज संसद् दिवस मनाइँदै

काठमाडौं
आज बिहीबार नेपालमा संसद् दिवस मनाइँदैछ। २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष असार १६ गते नेपालमा संसद् दिवस मनाउने गरिन्छ।

‘संसद दिवस २०७९’ को अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले शुभकामना व्यक्त गरेका छन्। संसद् दिवसका अवसरमा सापकोटाले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलन र जनसंघर्षहरुमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।

‘नेपालमा संविधान सभामार्फत् निर्माण गरिएको संविधान व्यावहारिक अभ्यासको क्रममा छ। संविधानमा लोकतन्त्रका सबै आयामहरुका साथै नयाँ विषयहरु पनि समेटिएका छन्। संविधानमा उल्लेखित लोकतान्त्रिक अधिकारको उच्चतम प्रयोग र जनताको आवाज मुखरित गर्ने सर्वोच्च थलो संसद् हो’, सभामुखले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘संसद् दिवसका अवसरमा संविधान निर्माणपछिको पहिलो संसद्ले भोग्नु परेका विविध आरोहावरोह, नयाँ संविधान जारी भएपछिको संघीय संसद्सँगका जनअपेक्षा र हाम्रा कामहरुको समीक्षा गर्ने बेला आएको छ।