बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

गोरखा जिल्ला अदालतका तहसिलदार घुससहित पक्राउ

गोरखा जिल्ला अदालतका तहसिलदार घुससहित पक्राउ

काठमाडौं
गोरखा जिल्ला अदालतका तहसिलदार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले घुससहित नियन्त्रणमा लिएको हो।

१५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट नियन्त्रणमा लिएको कार्यालय स्रोतको भनाइ छ। काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ। उनलाई बिहीबार बेलुकी नै पोखरा लगिएको छ।