बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने वार्डेन जेल चलान

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने वार्डेन जेल चलान

काठमाडौं
विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने काठमाडौं बौद्धको सर्वनाम शिक्षालयका छात्रवास सञ्चालक रामजी बस्नेत जेल चलान भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठाएको हो ।

बस्नेतले स्कुलको छात्रावासमा बस्ने ११, १२ र १४ वर्षका बालिकालाई ५र६ महिना अघिदेखि विभिन्न मिति र समयमा छाती तथा संवेदनशील अङ्गमा छुने, अङ्गालो मार्ने शरीरका अन्य भागमा मुसार्ने, सुम्सुमाउने जस्ता काम गरी बाल यौन दुर्व्यवहार गरेकाले भन्दै प्रहरी वृत्त बौद्धमा जाहेरी दरखास्त परेको थियो ।

प्रहरीले गएको जेठ २१ गते बस्नेतलाई रामेछापबाट पक्राउ गरेर काठमाडौं ल्याइ अनुसन्धान गरेको थियो । सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस, पैरवीपछि आज अदालतको आदेशले बस्नेतलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।