बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

११ वर्षीया बालिकामाथि बलात्कार, ८१ वर्षीय बृद्ध पक्राउ

११ वर्षीया बालिकामाथि बलात्कार, ८१ वर्षीय बृद्ध पक्राउ

काठमाडौं
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ८१ वर्षीय बृद्ध पक्राउ परेका छन्। आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरेको आरोपमा ८१ वर्षीय बृद्धलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका डीएसपी तथा प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

बिहीबार दिउँसो पौन ५ बजेतिर हजुरबुवा नाता पर्ने ८१ वर्षीय वृद्धले घरमै नातिनीको बलात्कार गरेको पाइएपछि उनलाई पक्राउ गरिएको डीएसपी बस्नेतले बताए। जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणीको कसुरमा ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको छ ।