मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

न्यायपालिकामा शुद्धीकरण गरेर अघि बढ्नुपर्छ

न्यायपालिकामा शुद्धीकरण गरेर अघि बढ्नुपर्छ

काठमाडौं
सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कार्कीले न्यायपालिकामा समस्या रहेको र यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको पनि दाबी गरे ।

उनले छुट्टै कानून विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाए । कार्कीले न्यायपालिकामा विकृति र विसंगति आउन नदिन पाठ्यक्रममा पनि नैतिकता विषयहरू समावेश गर्न आवश्यक रहेको बताए ।