शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एक हप्तामै वामदेव गौतम नयाँ पार्टीबाट निष्कासित

एक हप्तामै वामदेव गौतम नयाँ पार्टीबाट निष्कासित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको छ । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको हो ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।